नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री फर्मुल्लाह मन्सूरलाई भातृ शोक

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 159
पढ्न लाग्ने समय : 2 मिनेट

२८ पुस, बारा : नेपाली कांग्रेसका केन्द्रिय सह महामन्त्री तथा पुर्व मन्त्रीएवं संविधान सभा सदस्य फर्मुल्लाह मन्सूरलाई भातृ शोक परेको छ ।
मंसुरका जेठो दाई एवम उनका प्रथम राजनितीक गुरु,नेपाली काङ्ग्रेसका निडर योद्धा तत्कालिन तरुण दल बाराका सचिव श्री ने.रा.माबी (मदर्शा)कलैयाका पुर्व अध्यक्ष समेत रहेका नजिबुल्लाह मिया मन्सूरको ८८ बर्ष को उमेरमा निधन भएको छ ।
नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल बाराको २०१७ सालमा उनी सचिव भएर पार्टीलाई समेत नेतृत्व गर्दै आएका थिए ।

उनको मृत्युको खबरले नेपाली काङ्ग्रेसलाई अपुरणीय क्षति पुगेको भन्दै नेपाली कांग्रेस बाराका पुर्व जिल्ला सभापति भोला चौरसियाले दुख ब्यक्त गरे ।

२०१५ साल देखि नै कांग्रेसना एउटा निडर योद्धाको रुपमा अनवरत काम गरेका उनी २०१६ सालमा केन्द्रिय सदस्य समेत भएका थिए ।
कांग्रेस बाराका नेता रामानन्द यादवले उनी हालको बारा कांग्रेसका नेताहरु सबैको मार्ग निर्देशकका रुपमा रहेको बताए ।

उनको पार्थिव शरिरमा आज नेपाली कांग्रेस पार्टीको झण्डा ओढाएर कांग्रेस केन्द्रिय सह महामन्त्री उनका भाइ पुर्व मन्त्री फरमुल्लाह मन्सूर सहित कांग्रेसका नेताहरुले सम्मान सहित अन्तिम बिदाई अर्पण गरेका छन ।

उनको चार वटा छोरा दुईटा छोरी रहेका छन । जिबिस बाराका तत्कालिन शाखा अधिकृत अनवर मन्सूर उनका जेठा छोरा हुन ।

मुस्लिम परम्परा अनुसार उनको अन्त्येष्टि आजै दिउँसो कलैया ३ भवानिपुर स्थित कबृस्तानमा गरिएको छ । अन्त्येष्टिमा जिल्लाका विभिन्न राजनितिक दलका नेता कार्यकर्ता तथा समाजका अगुवासहित आम जनताको व्यापक उपस्थिति रहेको थियो ।