४ माघ, बारा: परेवा चोरलाई समात्न खोज्दा बाराको बरियारपुर स्थित गढीमाई मन्दिरमा आज तोडफोड भएको छ ।
आज महागढीमाई नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलनगरि नगर प्रमुख उपेन्द्र प्रसाद यादवले मन्दिरमा तोडफोडगर्नेलाई कार्बाहीको माग गरेका छन ।
परेवा चोर्न आएका केही बालकहरुलाई नगर प्रहरीले सामान्री बल प्रयोग गरेको बिषयलाई लिएर स्थानीय केही व्यक्तिले स्थानीय युवाहरुलाई उचालेर गढीमाईको मन्दिरमा तोडफोड गर्नुका साथै नगर प्रहरीमाथी आक्रमण गरेको आरोप नगर प्रमुख यादवले लगाए ।
महागढीमाई नगरपालिका वडा नम्बर-१ का वडाध्यक्ष मनोज गुप्ता, संविधानसभा सदस्य शिवचन्द्र कुश्वाहा, मोतीलाल कुश्वाहा र सत्यनारायण कुश्वाहाले
स्थानीय युवाहरुलाई परिचालन गरेर गढीमाईको मन्दिरमा तोडफोड गराएको आरोप नगर प्रमुख यादवले लगाए ।
राजनिती पुर्वाग्रह राखेर गढीमाईको मन्दिरमा तोडफोड गराईएकोले घटनामा संलग्नलाई कडा कार्बाहीको माग नगर प्रमुख यादवले गरेका छन ।
स्थानीयको आक्रमणबाट केही नगर प्रहरी समेत घाइते भएका छन ।