बारामा तस्कर समुहद्वारा पत्रकारमाथी दुर्व्यवहार र घर घेराउ

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 176
पढ्न लाग्ने समय : 1 मिनेट

१६ माघ,बारा : बारामा तस्करहरुको एक समूहले एकजना पत्रकारसंग दुर्व्यवहारसंगै घर घेराउ गरेको छ ।
तस्करहरुको समूहले पत्रकार शारदाशंकर यादवलाई आज दुर्व्यवहार गर्नुकासाथै घर घेराउ गरेका छन ।
तस्करहरुको समूहले बिहान साढे सात बजे नव जनप्रहारको पत्रकार यादवलाई नियन्त्रणमा लिएर गालीगलौज गर्दै मोबाईल खोसेर मोबाइलमा भएको फोटो र भिडियो मेटाएका थिए ।

ती तस्करहरुको समूहले महागढीमाई नगरपालिका वडा नम्बर-२ स्थित आफ्नो घर समेत घेराउ गरेको पीडित पत्रकार यादवले जानकारी गराए ।

खेना यादव, मिश्रीलाल साह, मन्तोष यादव,सोहन यादव, उपेन्द्र यादव सहितका २०/२५ जना तस्करको समूहले आफुसँग दुर्व्यवहार गर्नुका साथै आफ्नो घर घेराउ गरेको पीडित पत्रकार यादवले गुनासो गरे ।
आफुहरुको तस्करीको फोटो र भिडियो किन खिचेको भन्दै आफुसँग तस्करहरुले दुर्व्यवहार गर्दै घर सम्म पुगेको र आफू स्थानीयको सहयोगमा उम्किएको पीडित पत्रकार यादवले बताए ।
आफुसँग भएको घटनाको कानुनी उपचार खोज्ने पिडित यादवले जानकारी गराए ।
यादव र साहको समूहले ईलाका प्रहरी कार्यालय कबहीगोठ्का सई खडक बहादुर खडकालाई आर्थिक प्रभावमा पारेर तस्करी गर्ने गरेको स्रोतले जनायो । यादव र साहले भने आफहरु तस्करी नगरेको र कसैसँग दुर्व्यवहार नगरेको दाबी गरेका छन।