जसपा नेपाल बाराको अध्यक्षमा रमेश यादव निर्वाचित

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

२२ बैशाख,बारा : जनता समाजवादी पार्टी नेपाल बाराको अध्यक्षमा रमेश कुमार यादव निर्वाचित भएका छन् । प्रथम जिल्ला अधिवेशनले निर्वाचनबाट जिल्ला कार्यसमिति चयन गरेको हो । यादवले २ सय ६९ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष निर्वाचित यादव पचरौता नगरपालिकाका पूर्व मेयर हुन् ।

अध्यक्ष पदका निकटतम् प्रतिस्पर्धी धर्मवीर यादवले १ सय ७५ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत शंकर प्रसाद साहले जानकारी दिए ।
४ सय ७२ जनाले मतदानमा भाग लिएका थिए । ५७ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा शिवेन्द्र प्रताप सिंह २५३, पुनम देवी कुशवहा २४६ मतका साथ विजयी हुँदा सुरेन्द्र प्रसाद साह १८९ र म.मुरतुजा अंसारीले १९९ मत पाए ।
सचिवमा शम्भु कुमार गुप्ता , सह–सचिवमा सिकेन्द्र दास र नन्दन गुप्ता यस्तै कोषाध्यक्षमा विनोद प्रसाद यादव निर्वाचित भए । बाँकी सदस्यहरु यादवले प्यानलको बर्चश्व रहेको छ ।

सदरमुकाम कलैया स्थीत सिद्धेश्वर उच्च माध्यमिक विधालयमा परिषरमा जसपा नेपाल बाराको शानिबार मतदान भएको थियो । आइतबार विहान ९ बजेबाट मतगणना सुरु भएकोमा सोही दिन राति अबेर नतिजा आएको हो ।

Leave a Comment