प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनावका लागि दल दर्ता खुला, आयोगको आह्वान

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन इच्छुक दलहरूलाई तोकिएको समयभित्र दल दर्ता गर्नुका लागि आह्वान गरेको छ। आयोगले कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसकेको हुनुपर्ने जनाएको छ।

आयोगका अनुसार प्रतिनिधि सभा चुनावका लागि मंसिर १ देखि १० गतेसम्म तथा राष्ट्रिय सभा चुनावका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

योजना अनुसार आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमाघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुने छ।

यसपटक राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल फागुन २० मा समाप्त हुँदैछ, जसमा एक जना राष्ट्रपतिद्वारा मनोनित हुन्। बाँकी १८ सिटका लागि माघ ११ गते मतदान हुनेछ।

प्रदेशगत तहमा हुने राष्ट्रिय सभा चुनावअन्तर्गत

कोशी प्रदेश : ३ सिट

मधेश प्रदेश : ४ सिट

बागमती : २ सिट

गण्डकी : २ सिट

लुम्बिनी : ३ सिट

कर्णाली : २ सिट

सुदूरपश्चिम : २ सिट
मा निर्वाचन हुनेछ।

राष्ट्रिय सभा निर्वाचनका मतदाता भने प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष रहने व्यवस्था छ।

Leave a comment