३० बैशाख,बारा: नेपाल पत्रकार महासंघ बाराको जिल्ला शाखाको मर्मत सम्भार शुरु भएको छ ।
कलैया उपमहानगरपालिका-१ स्थित महासंघको भवनको जिल्ला अध्यक्ष रमेश सुवेदीले मर्मत सम्भार शुरु गराएका हुन ।
लामो समयदेखि जीर्ण बनेको भवनको मर्मत शुरु गरिएको कार्य समिति सदस्य धिरेन्द्र तिवारीले जानकारी गराए ।

महासंघको भवनलाई पुर्ण मर्मत सम्भार गराएर पत्रकारहरुलाई बस्ने अवस्थामा ल्याउने गरी तयारी गरेको अध्यक्ष सुवेदीले जानकारी गराए ।
मर्मत सम्भार भएपछि महासंघमा ईन्टरनेट जडान गरेर कार्यालय समेत व्यवस्थित तरीकाले संचालन गरिने सुवेदीले बताए ।
केही महिनामै जिल्ला संचारकर्मीहरु महासंघको कार्यालयमा बसेर कामगर्ने वातावरण तयार गर्न लागिएको अध्यक्ष सुवेदीले दाबी गरे ।
लामो समयदेखि महासंघको भवन जीर्ण बनेको थियो ।
महासंघको भवनको मर्मत सम्भार गर्ने कार्य सराहनीय भएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले बताए ।
महासंघको कार्यालय व्यवस्थित रूपमा संचालन भएपछि संचारकर्मीहरुको क्षमता अभिवृद्धिकालागि केन्द्रबाट विभिन्न कार्यक्रम ल्याउन आफुले पहल गर्ने केन्द्रिय सदस्य पासवानले प्रतिबद्धता जनाए ।


