आउँदो फागुन १२ गते बीरगञ्जमा जगन्नाथ रथ यात्रा निकालिने

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 112
पढ्न लाग्ने समय : 1 मिनेट

२४ माघ,वीरगञ्ज । वीरगञ्जमा पहिलोपकट जगन्नाथ रथ यात्रा निकाल्ने तयारी गरिएको छ । फागुन १२ गते बीरगञ्जमा जगन्नाथ रथ यात्रा निकालिने तयारी गरिएको इस्कोन बीरगञ्ज शाखाले जनाएको छ । आज नेपाल पत्रकार महासंघ वीरगन्जको सभा हलमा पत्रकार सम्मेलन गरि रथ यात्राबारेमा जानकारी गराईएको हो।

१७ दिन पछाडि बीरगञ्जको घण्टाघरबाट निकालिने जगन्नाथ रथ यात्रा मुख्य सडक हुँदै अलखिया रोड, ठाकुरराम बहुमुखी क्याम्पस हुँदै पुरानो बसपार्कमा समापन गरिने तयारी रहेको इस्कोनको अध्यक्ष रुपक सन्त दासले बताए ।

उनका अनुसार सबै जन समुदायलाई भगवानको दर्शनहोस तथा रथ तान्ने अवसर पाऊँन भन्ने हेतुले जगन्नाथ रथ यात्रा निकाल्न लागिएको हो ।
जन्म मरण (जन्म मृत्यु) को चक्रबाट मुक्त पाउने अभिप्रायले २४ फरवरी २०१४ शनिवार विहान ११ बजेदेखि घण्टाघरबाट रथ यात्रा निकाल्न कार्यक्रम छ ।