बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्ष कार्की विरुद्ध भ्रष्टाचार मुद्दा

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 126
पढ्न लाग्ने समय : 1 मिनेट

१९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा-३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको हेटौंडा कार्यालयको टोलीले वडाध्यक्ष तारा बहादुर कार्की क्षेत्रीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ लिइएको अवस्थामा पक्राउ गरेको थियो।

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताउनु भयो।

ट्याग्स :