११ भाद्र,रौतहट : रौतहटमा बन्द सुटकेसभित्र मृत फेला परेकी रुबि साहको हत्याको आरोप लागेका लक्ष्मण पासवान जलेको अवस्थामा फेला परेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पुर्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
के हो घटना?
गत शनिबार रुबि साह गौर बजार जाने भन्दै आफ्नो डेराबाट निस्किएकी थिइन्। तर त्यसपछि उनी बेपत्ता भइन्। पछि उनको शव सुटकेसभित्र बन्द गरिएको अवस्थामा फेला परेको थियो, जसले स्थानीयलाई स्तब्ध बनाएको थियो।
कसरी फेला परे आरोपी?
प्रहरी अनुसन्धानले लक्ष्मण पासवानमाथि हत्याको शंका देखाएको थियो। उनलाई खोज्दै जाँदा प्रहरीले माधवनारायण नगरपालिका–६, माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा शरीर जलेको अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी छ भने यसबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ।


