बारा, असोज २
१ लाख ७ हजार बराबरको पटाका प्रहरीले नियन्त्रणमा लियो
बारा, असोज २६ — बाराको अमलेखगंजमा प्रहरीले विशेष चेकजाँचका क्रममा करिब १ लाख ७ हजार रुपैयाँ बराबरको प्रतिबन्धित पटाका नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरी नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मिति २०८२ असोज २६ गते बिहान ११:३० बजे चेकजाँचका क्रममा पटाका बरामद गरेको हो।
प्रहरीका अनुसार वीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख ६२९३ नं. यात्रुबाहक बसलाई जितपुरसिमरा उप–महानगरपालिका–२१, अमलेखगंजस्थित कार्यालय अगाडिको चेकपोइन्टमा रोकी जाँच गर्दा बसको डिकीभित्र लुकाइछिपाइ राखिएका विभिन्न किसिमका पटाका फेला परेका थिए।
बरामद प्रतिबन्धित पटाकाको मूल्य करिब रु. १ लाख ७ हजार बराबर रहेको र त्यससम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयबाराका प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जनाउनु भयो।
के६ — बाराको अमलेखगंजमा प्रहरीले विशेष चेकजाँचका क्रममा करिब १ लाख ७ हजार रुपैयाँ बराबरको प्रतिबन्धित पटाका नियन्त्रणमा लिएको छ।

Leave a Reply