बारा, असोज ३० – हैजा रोगको महामारी नियन्त्रणका लागि धर्मनगर स्वास्थ्य चौकीको आयोजनामा कलैया उपमहानगरपालिका–१२ सितलपुरस्थित श्री नेरा आधारभूत विद्यालयमा खोप अभियान सम्पन्न गरिएको छ।
विश्व स्वास्थ्य संगठन (WHO) को आर्थिक सहयोगमा सञ्चालित उक्त खोप अभियानको उद्घाटन विद्यालयका प्रधानाध्यापक तथा नेपाल शिक्षक संघ बारा अध्यक्ष राजकिशोर सहनीले औषधि सेवन गरी

गरे।
खोप अभियानमा विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालयका कर्मचारी तथा सितलपुर गाउँका स्थानीय बासिन्दाले हैजाविरुद्धको खोप लगाएका थिए।
धर्मनगर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको टोलीले खोप वितरण गर्दै हैजा रोगका कारण, लक्षण र बच्ने उपायबारे स्थानीयहरूलाई सचेतना पनि दिएका थिए।
स्थानीय तहका जनप्रतिनिधि र अभिभावकहरूको सक्रिय सहभागितामा सम्पन्न सो अभियानले समुदायमा रोग नियन्त्रण र जनस्वास्थ्यप्रति सचेतना बढाउने अपेक्षा गरिएको छ।



Leave a Reply