भृकुटीमण्डपमा ‘नेपाली कम्युनिस्ट पार्टी’ एकता घोषणा सभा सम्पन्न

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक १९
भृकुटीमण्डपमा आज ‘नेपाली कम्युनिस्ट पार्टी’को नाममा गठन हुन लागेको एकता घोषणा सभा सम्पन्न भएको छ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न वामपन्थी दल र समूहहरूको सहभागितामा भइरहेको एकता राष्ट्रिय सम्मेलनमा शीर्ष नेताहरूले आ–आफ्नो धारणा व्यक्त गरेका छन्।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी र नेकपा (विप्लव समूहबाट छुट्टिएको) दलबीच औपचारिक एकता घोषणा गर्न तयारी भइरहेको छ। गोपाल किराँती माओवादीसँगै मिसिएर नयाँ पार्टीमा सहभागी भएका छन्।

सभाले नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने र चुनाव चिह्न ‘तारा’ प्रस्ताव गर्ने निर्णय लिएको बताइएको छ।

तर, एकताको प्रक्रियामा सबै नेताहरू सामेल भएका छैनन्। माओवादी केन्द्रका जनार्दन शर्मा र राम कार्कीलगायतका नेताहरू अलग्गिएका छन् भने, नेकपा (एकीकृत समाजवादी) का घनश्याम भूसाल र रामकुमारी झाँक्रीजस्ता नेताहरू पनि एकताबाट टाढा रहेका छन्।

असन्तुष्ट भइरहेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने अन्तिम क्षणमा आएर सम्मेलनमा सहभागी भएका छन्।

Leave a comment