कुलमान घिसिङको नयाँ पार्टी ‘उज्यालो नेपाल’, चुनाव चिह्न बिजुलीको चिम

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२४ कात्तिक, काठमाडौं।
उर्जामन्त्री कुलमान घिसिङ नेतृत्वमा बन्ने नयाँ राजनीतिक पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ।

आइतबार राति बसेको बैठकले यसअघि प्रस्ताव गरिएको ‘नेपाल जनसेवा पार्टी’ नामलाई परिवर्तन गर्दै ‘उज्यालो नेपाल’ नाममा निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो।

बैठकले तत्कालका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अन्य सबै सदस्य रहने गरी पार्टीको ५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने र यही संरचना सहित आयोगमा दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ नै रहने र तत्काल कुनै पदाधिकारी घोषणा नगरी संयोजकको नेतृत्वमा प्रारम्भिक समिति बनाइने सहमति भएको संयोजक नजिकका एक नेताले बताएका छन्।

‘अहिले हामी माइन्यूटिङ र हस्ताक्षरको काम गर्दैछौँ,’ ती नेताले भने, ‘सम्भव भएसम्म आज बेलुकीसम्म दर्ता प्रक्रिया टुंग्याउने तयारी छ।’

स्रोतका अनुसार दोस्रो चरणमा अन्य पदाधिकारीहरूलाई समिति विस्तारका क्रममा समावेश गरिनेछ।

 


 

Leave a comment