२८ कात्तिक, काठमाडौं । बिहार विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ र आउँदै गरेका नयाँ रुझानले नीतिश कुमार नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) स्पष्ट रूपमा अघि रहेको देखाएको छ।
२४३ सिटका लागि भएको निर्वाचनमा अहिले सबै सिटका प्रारम्भिक रुझान सार्वजनिक भइरहेका छन्। ताजा तथ्यांकअनुसार एनडीए १६० सिटमा अग्रता कायम राख्दै बहुमतको १२२ को दहाली नाघ्ने स्थितिमा पुगेको छ। एनडीएमा जनता दल युनाइटेड (जदयु), भारतीय जनता पार्टी (भाजपा) र लोजपा लगायत दल समावेश छन्।
यता तेजस्वी यादव नेतृत्वको महागठबन्धन ७९ सिटमा अगाडि छ। गठबन्धनमा राजद, कांग्रेस र सीपीआई (एमएल) जस्ता दलहरू छन्।
पार्टीगत हिसाबले जदयु ७५ तथा भाजपा ७० सिटमा अगाडि देखिएका छन्, जसले दुुवै दलबीच ठूलो दल बन्ने प्रतिस्पर्धा पनि चर्किएर आएको संकेत गर्छ।
अघिल्लो चुनावमा राजद ७४ सिटसहित सबैभन्दा ठूलो दल बनेको थियो भने भाजपा दोस्रो स्थानमा थियो। यसपालि भने रेकर्ड ६७ प्रतिशत मतदान भएको निर्वाचनमा मतगणनाको प्रारम्भिक चरणमै सत्तारूढ गठबन्धन बलियो देखिएको छ।



Leave a Reply