मतदाता नामावली दर्तामा भीड बढेपछि म्याद थप

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२८ कात्तिक, काठमाडौं।
निर्वाचन आयोगले मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरेको छ। दर्ता गराउनेको भीड निरन्तर बढ्दै गएपछि थप समय आवश्यक ठानेर आयोगले म्याद लम्ब्याएको हो।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रधानमन्त्री, गृहमन्त्री तथा अन्य सरोकारवालाहरूले पनि समय थप्न सुझाव दिइरहेका थिए।
उनका अनुसार, ‘मतदाता नामावली दर्ता गर्नेहरूको चाप कायमै रहेकाले ५ दिन म्याद थपेका हौं,’ भण्डारीले अनलाइनखबरसँग भने।

यसअघि सरकारले ३० कात्तिकसम्मका लागि समय तोकेको थियो।
म्याद थपिएसँगै अब ५ मंसिरसम्म मतदाता नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ।


Leave a comment