२९ कार्तिक,बारा
बाराको सिमरा क्षेत्रमा प्रहरीले विशेष सूचनाका आधारमा गरेको कारबाहीमा ४४ ग्राम ४०० मिलिग्राम खैरो ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८२ कार्तिक शनिबार इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव निरीक्षक दिपक कुमार बस्तेनको कमाण्डमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जसँग संयुक्त रुपमा टोली खटिएको थियो।
टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–५ लल्का पुलनजिक पथलैयातर्फ हिँडिरहेका दुई महिलालाई शंकाका आधारमा रोकी चेकजाँच तथा शरीर खानतलासी गर्दा एक जनाको साथबाट ७ पुरिया खैरो ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका महिला ३५ वर्षकी पर्सा जिल्ला पटेर्वा सुगौली ६ कि सुसिला देवी र वर्ष ३० पर्सा जिल्ला पोखरिया नगरपालिका ७ कि पुजा देबी रहेका छिन।
दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।



Leave a Reply