लुम्बिनीका सभामुख घर्तीमगरले विघटन गरे सचिवालय

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१ मंसिर, काठमाडौं ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन्। उनले सचिवालयमा कार्यरत सबै सदस्यलाई मंसिर १ गतेदेखि अवकाश दिएको घोषणा गरेका हुन्।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी गिरीराज खनालले सभामुखको सचिवालयमा रहेका पाँचै जना सदस्य हटाइएको जानकारी दिएका छन्।

सभामुख घर्तीमगरको सचिवालयमा स्वकीय सचिव पदम सोमै थिए, जो उपसचिव सरहको सुविधा लिँदै आएका थिए। साथै, अधिकृत स्तरको सहायक स्वकीय सचिव, प्रेस संयोजक, कार्यालय सहयोगी र चालक समेत सचिवालयमा कार्यरत थिए।

निर्देशनपछि आएको निर्णय

जेन–जी आन्दोलनपछि बनेको नयाँ सरकारले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको सचिवालयलाई तीन जनाभन्दा बढी नबनाउन निर्देशन दिएको थियो। यद्यपि सभामुख र उपसभामुखको सचिवालयबारे सरकारको निर्देशनमा स्पष्ट व्यवस्था थिएन। यही परिस्थितिमा सभामुख घर्तीमगरले आफूले ‘विशेष परिस्थिति’ भन्दै सचिवालय विघटन गर्ने निर्णय सार्वजनिक गरेका हुन्।

Leave a comment