मंसिर ७, काठमाडौँ —
आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा भाग लिन अहिलेसम्म ४० राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय निर्धारण गरेको छ, जसअनुसार आजसम्म चार दिन मात्र बाँकी छन्। दर्ता भएका दलमध्ये १० नयाँ दल रहेका छन्।
आयोगका अनुसार मंसिर ५ गतेसम्म देशभरबाट मतदाता नामावली दर्ताका लागि ८ लाख ३७ हजार ९४ जनाले निवेदन दिएका छन्। पछिल्लो केही दिनयता मतदाता दर्तामा उल्लेखनीय भीड देखिएको आयोगले जनाएको छ।
जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको अवस्थामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने शुक्रबार मात्रै आगामी निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। तर, दोस्रो ठूलो दल एमालेले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग दोहोर्याउँदै अहिलेसम्म दल दर्ता निवेदन दिएको छैन।
यस्तै, आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि भने अहिलेसम्म ८ दलले मात्र दर्ता गराएका छन्। यसपटक राष्ट्रियसभाका १९ सिट रिक्त हुँदैछन्।
निर्वाचन आयोगमा सूचीकृत दलहरूको संख्या कुल १२९ पुगेको छ। हालै आयोगले गरेको आह्वानपछि १० नयाँ दल दर्ता भएसँगै संख्या बढेको हो। कानुन अनुसार, सूचीकृत दलले पनि प्रत्येक चुनावमा भाग लिन पुनः दर्ता अनिवार्य छ।
फागुन २१ को निर्वाचनमा भाग लिन दर्ता भएका ४० दल
१. नेपाली कम्युनिस्ट पार्टी
२. राष्ट्रिय स्वतन्त्र पार्टी
३. जनता समाजवादी पार्टी नेपाल
४. जनमत पार्टी
५. जनता समाजवादी पार्टी
६. नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)
७. नागरिक उन्मुक्ति पार्टी नेपाल
८. नेपाल सद्भावना पार्टी
९. राष्ट्रिय जनमोर्चा
१०. नेपाल जनता संरक्षण पार्टी
११. नेपाल जनता पार्टी
१२. राष्ट्रिय समता पार्टी नेपाल
१३. संयुक्त नागरिक पार्टी
१४. नेपाल जनमुक्ति पार्टी
१५. नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)
१६. राष्ट्रिय यथार्थवादी पार्टी नेपाल
१७. नेपाल परिवार दल
१८. राष्ट्रिय जनता पार्टी नेपाल
१९. नेपाल मानवतावादी पार्टी
२०. समावेशी समाजवादी पार्टी नेपाल
২১. जनप्रजातान्त्रिक पार्टी नेपाल
२२. विकासशील जनता पार्टी
२३. राष्ट्रिय नागरिक पार्टी
२४. राष्ट्रिय परिवर्तन पार्टी
२५. नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
२६. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२७. राष्ट्रिय एकता दल
२८. संघीय नेपाल पार्टी
२९. गतिशील लोकतान्त्रिक पार्टी
३०. नेपाल जनश्रमदान संस्कृति पार्टी
३१. राष्ट्रिय साझा पार्टी
३२. परिवर्तन पार्टी
३३. देश विकास पार्टी
३४. प्रगतिशील लोकतान्त्रिक पार्टी
३५. देशभक्त समाज
३६. नेपाल लोकतान्त्रिक पार्टी
३७. नेपाल मजदुर किसान पार्टी
३८. आम जनता पार्टी
३९. मंगोल नेशनल अर्गनाइजेसन
४०. नेपाल सामाजिक पार्टी


