काठमाडौँ, मङ्सिर १६। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखु को आज अवलोकन गरेका छन्। उनले घटनास्थलमा पुगेर तत्कालीन अवस्थाबारे रिपोर्ट सुने र अहिले भइरहेको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका गतिविधिबारे जानकारी लिएका छन्।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा दुवै प्रहरी संरचना क्षतिग्रस्त भएका थिए। अवलोकनपछि गृहमन्त्री अर्यालले मुलुकभर शान्तिसुरक्षा मजबुत बनाउन तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए।
उनका अनुसार क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नागरिक तहबाट नेपाल प्रहरीले उल्लेखनीय सहयोग र सद्भाव पाएको छ, जसले प्रहरी–समुदाय सहकार्य अझ मजबुत भएको संकेत गर्छ। उनले अब प्रहरीले शान्तिसुरक्षासँगै सुशासन प्रवर्द्धनमा पनि समान रूपमा सक्रिय हुनुपर्नेमा जोड दिए।
अवलोकनमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्की र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा पनि सहभागी थिए।



Leave a Reply