एशियाभरि बाढी, पहिरो र आँधीबेहरी : एक हप्तामै हजारौं प्रभावित, मृत्यु १००० नाघ्यो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१६ मंसिर, काठमाडौं । पछिल्लो एक हप्ताको अवधिमा एशियाको विभिन्न भागमा आएको विनाशकारी बाढी, पहिरो र ठूलो आँधीबेहरीका कारण एक हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। श्रीलंका, इन्डोनेसिया, थाइल्यान्ड र मलेसियालगायतका देशहरूमा तीन ठूला आँधीबेहरीलगत्तै आएको प्राकृतिक विपत्तिले व्यापक जनधनको क्षति पुर्‍याएको हो।

श्रीलंकामा चक्रवात ‘दित्वा’ ले व्यापक विनाश

श्रीलंकामा आएको शक्तिशाली चक्रवात ‘दित्वा’ ले सबैभन्दा बढी मानवीय क्षति पुर्‍याएको छ। सरकारी तथ्याङ्कअनुसार हालसम्म ३३४ जनाको मृत्यु पुष्टि भएको छ भने ३७० जना अझै बेपत्ता छन्।

सबैभन्दा धेरै क्षति क्यान्डी क्षेत्रमा भएको छ, जहाँ ८८ जनाको मृत्यु१५० जना बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्।
त्यसपछि बादुल्लामा ७१, नुवारा एलियामा ६८ र मटालेमा २३ जनाको ज्यान गएको छ।

यो चक्रवातबाट देशभरका ३०९,६०७ घरपरिवारका ११ लाखभन्दा बढी नागरिक प्रभावित भएका छन्। धेरै ठाउँमा सञ्चार र यातायात पूर्णरूपमा विच्छेद भएकाले उद्धार तथा राहत कार्यमा कठिनाइ भइरहेको बताइएको छ।

इन्डोनेसियामा ‘सेन्यार’ आँधीका कारण मृत्यु ४४२

इन्डोनेसियामा आएको ‘सेन्यार’ आँधीपछि भएका भीषण बाढी र पहिरोले मृत्यु संख्या झन् बढ्दै गएको छ।
राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (BNPB) का अनुसार जासुमात्रा टापुका तीन प्रान्तमा मात्रै ४४२ जनाको मृत्यु भइसकेको छ।

  • उत्तर सुमात्रा: २१७ मृत्यु, २०९ बेपत्ता
  • आचेह: ९६ मृत्यु, ७५ बेपत्ता
  • पश्चिम सुमात्रा: १२९ मृत्यु, ११८ बेपत्ता

दक्षिणी क्षेत्रमा आएको ठूलो बाढीले ३५ लाखभन्दा बढी मानिस प्रभावित पारेको छ। हाट याई सहरमा क्षति अत्यधिक भएको बताइएको छ। निरन्तर भारी वर्षापछि सोङ्गखला प्रान्तमा सरकारद्वारा आपतकाल घोषणा गरिएको थियो।

थाइल्यान्डमा पनि बाढीको ताण्डव, मृत्यु १७० नाघ्यो

दक्षिणी थाइल्यान्डमा बाढी र आँधीबेहरीका कारण १७० भन्दा बढीले ज्यान गुमाएका छन्।
सरकारका प्रवक्ता सिरिपोङ अंगकासाकुलकियातका अनुसार आठ दक्षिणी प्रान्तमा व्यापक क्षति भएको छ।
सबैभन्दा धेरै मृत्यु सोङ्गखला प्रान्तमै भएको जनाइएको छ।

यद्यपि पानीको सतह केही घट्न थालेपछि उद्धार र राहत कार्य तीव्र गतिमा सञ्चालन भइरहेको अधिकारीहरूले बताएका छन्।

Leave a comment