धनुषाबाट भन्सार छली ल्याइएको काजु नियन्त्रणमा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१६ मंसिर ,काठमाडौँ : धनुषा जिल्लाको नगराइन नगरपालिका–२, जटही क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा काजु बरामद गरेको छ। खेतबारीभित्र लुकाएर राखिएको अवस्थामा भेटिएको काजुको बजार मूल्य करिब १३ लाख ७० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

मंसिर १५ गते प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नं. ८ गण, धनुषाको टोलीले भारतबाट चोरी पैठारी गरी ल्याइएको आशंकामा १ हजार ३७० किलोग्राम काजु फेला पारेको हो।

बरामद गरिएको काजु आवश्यक कारबाहीका लागि राजस्व कार्यालय जनकपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

Leave a comment