१० फागुन, बारा : देशभरका स्थानीय तहको कार्यसम्पादन मुल्यांकनमा ११ वटा उपमहानगरपालिकामा बाराकाे कलैया उपमहानगरपालिकाले प्रथम स्थान हासिल गरेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित आयोगले प्रदेश सरकार र स्थानीय तहको कार्यसम्पादन मुल्यांकन बापत प्राप्त गरेको अकं सम्बन्धि प्रकाशित गरेकाे विवरण अनुसार देशभरिका ११ वटा उपमहानगरपालिकामध्ये कलैया उपमहानगरपालिकाले प्रथम स्थान हासिल गरेको हाे। कलैयाले ४०.९३ अंक प्राप्त गरि पहिलो स्थान प्राप्त गरेकाे हाे ।
यस्तै हेटौंडा उपमहानगरपालिका ३७.११ अंकका साथ दोस्रो र धरान उपमहानगरपालिका ३५.५६ अंकका साथ तेस्रो भएको छ। ईटहरी उपमहानगरपालिकाले २२.०७,जनकपुरले २१, जितपुरसिमराले २३,बुटवलले ३५.४१,तुलसीपुरले ३४.३९,घोराहीले ३०.९०,नेपालगन्जले २३.६४ र धनगढीले ३४.७३ अंक प्राप्त गरेका छन् ।
कार्य सम्पादन मुल्यांकनमा देशभरकै उपमहानगरमा कलैया पहिलो भएकोमा खुशी व्यक्त गर्दै कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले प्रमुख प्रशासकिय अधिकृत नाथु साहको अनुभव र कार्यक्षमता तथा कर्मचारीको प्रयासले यो नतिजा हासिल गर्न सकिएको प्रतिक्रिया दिए ।
प्रमुख प्रशासकिय अधिकृत नाथु साहले पहिलाे स्थान प्राप्त गर्दा अब कलैया उपमहानगरले संघीय सरकारले उपलब्ध गराउने बजेटमा अन्य उपमहानगरपालिका भन्द केही बढी बजेट प्राप्त गर्ने बताए ।