कलैयामा सुविधा सम्पन्न ए प्लस अस्पताल संचालनमा

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 499
पढ्न लाग्ने समय : 1 मिनेट

२८ फागुन, बारा : बाराको सदरमुकाम कलैयामा आजदेखी एउटा सुविधा सम्पन्न अस्पताल संचालनमा आएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर-३ मा ए प्लस हस्पिटल एण्ड ट्रामा सेन्टर संचालनमा आएको हो । अस्पतालको उदघाटन आज सोमबार एक कार्यक्रमबीच जनता समाजजवादी पार्टीका युवा नेता रामकिशोर यादवले गरेका हुन ।
अस्पतालका संचालक डाक्टर विकेश पाण्डेले आफुले सानैदेखि स्वास्थ्य क्षेत्रमा केही गर्ने ईच्छा रहेकोले अस्पताल संचालनमा ल्याएको बताए । आफुले विदेशमा नै जागिर पाएर बस्ने पर्याप्त अवसरहुँदाहुँदै उक्त अवसर छोडी आफुले आर्जन गरेको सिप अनुभव जन्मेको ठाउ मै प्रयोग गर्ने हिसाबले हस्पिटल संचालन गरेको डा पाण्डेले बताए ।
अस्पतालमा २४ घण्टा आइसिइयु, एन आई सि यु, ल्याब, सहित २५ शय्याको सेवा उपलब्ध रहेको अस्पताल संचालक डाक्टर पाण्डेले बताए । उदघाटन कार्यक्रमको संचालन प्रियंका पाण्डेले गरेकी थिईन ।