४ चैत्र, बारा: बारामा प्रहरीले विभिन्न ठाउँबाट करिब २६ लाख मुल्य बराबरको समान नियन्त्रणमा लिएको छ । प्रहरीले २६ लाख २९ हजार मुल्य बराबरको सरसमान नियन्त्रणमा लिएको हो ।
प्रहरीले मोबाइल पार्टस, मोटर पार्टस, पेन्ट, खाद्यान्न,लत्ताकपडा, युरिया मल लगायतका समानहरु बरामद गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो । प्रहरीले पथलैया, अमलेखगञ्ज, नौतन गण्डक,पचरौता, आदर्शकोतवाल लगायतका ठाउँबाट सरसमानहरु नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी गराउनु भयो । बरामद गरिएको समानहरु आवश्यक कार्बाहीकोलागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ ।