अर्घाखाँचीको पाणिनी गाउँपालिकास्थित दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य २७ जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप दुई जनाले उपचारका क्रममा ज्यान गुमाएका हुन्।
सुपा देउराली दर्शन गरेर पर्वत फर्किंदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–१९ निवासी ७८ वर्षीया राममाया बस्नेत, सोही स्थानकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी तथा बस चालक ४५ वर्षीय रमेश जिसी रहेका छन्।
अर्घाखाँची प्रहरीका प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
अर्घाखाँची बस दुर्घटनामा चार जनाको मृत्यु
Leave a Comment
Leave a Comment






