बारा, असोज ४ । हेलपिङ ह्यान्ड युथ सोसाइटी कलैया, बाराका मुख्य प्रशिक्षक, युवा इन्जिनियर तथा वक्ता प्रदीप कुमार साहको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न कलैयाको भारत चौकमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
साहको निधनले विद्यार्थी, युवा, समाजसेवी तथा उहाँसँग नजिक रहेका विभिन्न क्षेत्रका व्यक्तिहरू शोकमा परेका छन्। कार्यक्रममा सहभागीहरूले साहले छोटो जीवनकालमा मधेश प्रदेशका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी तथा युवालाई प्रेरित गर्दै समाजको सशक्तीकरणमा पुर्याएको योगदानको स्मरण गरेका थिए।
कार्यक्रममा उहाँको सामाजिक तथा शैक्षिक क्षेत्रमा रहेको सक्रियता र युवामाझ पुर्याएको सकारात्मक प्रभावको चर्चा गरिएको थियो। सहभागीहरूले साहको योगदान आगामी दिनमा पनि स्मरणीय रहने बताएका थिए।
श्रद्धाञ्जली सभामा विद्यार्थी, युवा, समाजसेवी, बुद्धिजीवी तथा हेलपिङ ह्यान्ड युथ सोसाइटीका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत दिवंगत साहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरिएको थियो। साथै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको थियो।
कलैयामा प्रदीप कुमार साहको स्मृतिमा श्रद्धाञ्जली सभा
Leave a Comment
Leave a Comment

