बाबा समूहबीच विवाद हुँदा सन्तोष गिरीमाथि कुटपिट भएको
काठमाडौं — पशुपति क्षेत्रमा भएको झडपपछि एक जनाको मृत्यु भएको घटनामा संलग्न आरोपमा प्रहरीले ४८ वर्षीय नीरज नाथलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक का अनुसार बस्ने नाथलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो।
Contents
प्रहरीका अनुसार मृतक सन्तोष गिरी र नीरज नाथसमेतको ‘बाबा’ समूहबीच विवाद हुँदा झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रत्यक्षदर्शीले विवादका क्रममा चिम्टालगायतका वस्तु प्रयोग गरी गिरीमाथि प्रहार गरिएको बताएका छन्।
घटनामा घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि मा राखिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

