ओलीका पिता मोहनप्रसादप्रति प्रधानमन्त्री कार्कीको श्रद्धाञ्जली

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चैत १, २०८२,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता स्वर्गीय मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

आइतबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर प्रधानमन्त्री कार्कीले स्वर्गीय मोहनप्रसादको तस्वीरमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली दिएकी हुन्। सो क्रममा उनले अध्यक्ष ओलीसहित परिवारजनलाई भेटेर समवेदना व्यक्त गरेकी थिइन्।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो।

प्रधानमन्त्री कार्कीले स्वर्गीय मोहनप्रसादप्रति सम्मान व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी बताइएको छ।

Leave a Comment