मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री महमद समीर लाई ब्राह्मण समाज नेपाल बारा जिल्ला समितिले सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
ब्राह्मण समाज नेपाल बारा जिल्ला अध्यक्ष अनिल पाण्डे ले मन्त्री समीरलाई खादा तथा सम्मानपत्र प्रदान गर्दै उहाँको जिम्मेवारीपूर्ण कार्यकाल सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।
सम्मान कार्यक्रममा मन्त्री समीरको नेतृत्वमा मधेश प्रदेशमा सडक, पुल तथा अन्य पूर्वाधार विकासका कामले थप गति लिने विश्वास व्यक्त गरिएको थियो। सहभागीहरूले विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्री समीरको भूमिका महत्वपूर्ण रहने धारणा राखेका थिए।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने विभिन्न सामाजिक व्यक्तित्व तथा स्थानीय अगुवाहरूको समेत सहभागिता रहेको बताइएको छ।
मन्त्री समीरलाई ब्राह्मण समाज बाराद्वारा सम्मान तथा शुभकामना
Leave a Comment
Leave a Comment






