रास्वपा लुम्बिनीको नेतृत्व शालिकराम घिमिरेलाई

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, जेठ ३१ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश समितिको सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्।
शनिबार सम्पन्न प्रदेश अधिवेशनअन्तर्गत भएको मतदानमा घिमिरेले सबैभन्दा बढी मत प्राप्त गरेपछि उनलाई सभापति चयन गरिएको हो। प्रारम्भिक मतपरिणामअनुसार शीर्ष दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा गराउने चर्चा भए पनि अन्ततः सहमतिका आधारमा घिमिरेलाई निर्वाचित घोषणा गरिएको पार्टीले जनाएको छ।
निर्वाचनमा घिमिरेले १९९ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पारेका थिए। अन्य उम्मेदवारमध्ये गोपाल घिमिरेले ८७, गणेश पौडेलले ८४, डा. राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१, तथा मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए।
प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै लुम्बिनीमा पार्टी संगठन विस्तार, सदस्यता व्यवस्थापन तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको छ।
रास्वपाले देशभर प्रदेश संरचना सुदृढ बनाउने अभियान सञ्चालन गरिरहेका बेला लुम्बिनी प्रदेशमा पनि नयाँ नेतृत्व चयनलाई संगठन विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave a Comment