बारा, असार ३० — मिटरब्याज पीडितहरूले जनकपुरधामबाट सुरु गरेको ‘पैदल न्याय मार्च’ मंगलबार बाराको निजगढमा रोकिएको छ। गृहमन्त्री सुधन गुरुङ पीडितसँग भेटघाट गर्न निजगढ आउने जानकारी पाएपछि उनीहरूले यात्रा केही समयका लागि स्थगित गरेका हुन्।
पीडितका नेता मनोज पासवानका अनुसार बिहान पैदल मार्च सुरु भइसकेको थियो। करिब दुई सय मिटर अघि बढेपछि स्थानीय प्रहरीले गृहमन्त्री भेट्न आउने सूचना दिएपछि टोली पुनः उद्योग वाणिज्य संघको सभाहलमा फर्किएको हो।
मिटरब्याज पीडितहरूले आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले असार २५ गते जनकपुरधामको तिरुतियागाछीबाट पैदल यात्रा सुरु गरेका थिए। सोमबार साँझ उनीहरू बाराको निजगढ पुगेका हुन्।
गृहमन्त्रीसँगको भेटमा पीडितहरूले आफ्ना समस्या, न्यायको माग तथा मिटरब्याज पीडितमाथि भएका अन्यायबारे ध्यानाकर्षण गराउने तयारी गरेका छन्।
गृहमन्त्रीसँग भेट हुने भएपछि निजगढमै रोकियो मिटरब्याज पीडितको न्याय मार्च
Leave a Comment
Leave a Comment

