भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न आईटी आर्मीलाई प्रभु साहको निर्देशन

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 159
पढ्न लाग्ने समय : 2 मिनेट

५ साउन, बारा: आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न आईटी आर्मीलाई निर्देशन दिएका छन् ।

आजपा निकटको आईटी आर्मीको तेस्रो स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो निर्देशन दिएका हुन् ।

सरकारको मुख्य नेतृत्व नै भ्रष्टाचारमा लागेकोले कुनै पनि सरकारी निकायबाट भ्रष्टाचारीलाई कारवाहीको अपेक्षा गर्नु भनेको “गोरुबाट दुध पाउँने कल्पना गरे जस्तै हो” टिप्पणी उनको छ ।

‘देशमा भ्रष्टाचार बढदै गएको कारण मुलुकमा बिकास रोकिएको यथार्त हामी सामु भएको पुर्व मन्त्री साहको भनाई छ

गिरीबन्दु टी–स्टेट देखी लिएर ललिता निवास लगायतका प्रकरणमा ठुला भनिएकाहरुकै संलग्नतामा भ्रष्टाचार भएको प्रमाणित भएको साहले बताए ।

आईटी आर्मीले तेस्रो स्थापना दिवसको अवसरमा आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आईटी आर्मीले भ्रष्टाचार, कुशासन, अनियमितता लगायतको विरोधमा स्थापनाकालदेखी नै बिभिन्न कार्यक्रम गर्दै आएको बताए ।

स्थापना दिवसको अवसरमा काठमाडौंमा रक्तदान कार्यक्रम गर्नुका साथै देशैभरी बिभिन्न कार्यक्रम भईरहेको साहले बताए ।

आईटी आर्मीका उपाध्यक्ष सुमन यादवले आईटी आर्मीको स्थापना दिवसको अवसरमा सातै प्रदेशमा बिभिन्न कार्यक्रम भईरहेको बताईन् । बृक्षारोपन, रंगोली बनाउँदै दिपप्रजवलन लगायतका बिभिन्न कार्यक्रम गर्दै स्थापना दिवश मनाउन लागिएको यादवले बताईन् ।

आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापा, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, सचिव नारायण पाण्डे, आम उधोग बाणिज्य संघका अध्यक्ष साजन जैसवाल लगायतको विशेष सहभागिता रहेको थियो ।