अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, शहीद स्मारकमा माल्यार्पण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं-२९ भदौ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गरेकी छन् ।

पदभार ग्रहण गर्नुअघि कार्कीले बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरेकी थिइन् । उनले शहीदहरूको बलिदानलाई स्मरण गर्दै लोकतन्त्र र राष्ट्रिय एकताको प्रतिवद्धता व्यक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयले गत शुक्रबार उनलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेको थियो । संविधानविद् एवं सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई संकटग्रस्त राजनीतिक अवस्थाबाट मुलुकलाई पार लगाउने जिम्मेवारी दिइएको छ ।

पदभार ग्रहणसँगै कार्कीले अब मन्त्रिपरिषद् विस्तार र प्राथमिक कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेकी छन् । पहिलो चरणमा शान्ति–सुरक्षा, संवाद र निर्वाचन प्रक्रियालाई सहज बनाउन सरकार केन्द्रित हुने बताइएको छ ।

राजनीतिक दलहरूले पनि कार्की नेतृत्वको सरकारलाई समर्थन जनाउँदै स्थायित्व र समाधानतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

Leave a Comment