तस्करी नरोकिएपछि बाराका एसपी सिंहलाई मुख्यालय तानेर छानबिन

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 86
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

४ माघ, बारा : सशस्त्र प्रहरी मुख्यालयले बारास्थित १२ नम्बर गणका गणपति (एसपी) सन्तोषबहादुर सिंहलाई हेडक्वार्टर तानेर छानबिन गरेको छ ।
बीरगंज भन्सार कार्यालयका र सुरक्षा निकायबाट सीमा क्षेत्रको निरीक्षणका क्रममा बाराबाट भन्सारछलीका सामान ब्यापक भित्रने गरेकोबारेमा सशस्त्र मुख्यालयललाई जानकारी गराएपछि एसपी सिंह मुख्यलय तानिएको स्रोतलेब दाबी गरेको छ ।

स्रोतका अनुसार सशस्त्र प्रहरी बल १२ नम्बर गण मातहतका प्रस्तावित गुल्म, बेस र बीओपीले तस्करी नियन्त्रणमा उदासिनता देखाएको बिषयमा भन्सारको रिपोर्टिङपछि एसपी सिंहलाई हेडक्वार्टर तानेर मुख्यालयले छानबिनगरेको हो ।
एसपी सिंहलाई गणपतिको जिम्मेवारी डीएसपीलाई दिएर आउनू भनेपछि उनले सिनियर डीएसपी रविन सिलवाललाई निमित्त दिएका थिए ।
सिलवालले पनि तत्कालै अर्का डीएसपीलाई निमित्त दिएर बिदा लिएका छन् ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले एसपी सिंहसँग केही कुरा बुझेर जिल्लाका चोरी पैठारी नियन्त्रणमा कडाई गर्न निर्देशन सहित आज फिर्ता पठाईएको जानकारी गराए ।
यसअघि मंसिर अन्तिममा सशस्त्र प्रहरी बल ८ नम्बर गण धनुषाका एसपी दर्शन गिरी, मोरङका विश्व खड्का, बाँकेका बिमल डाँगीसहित बाराका सन्तोषबहादुर सिंह पनि तानिएका थिए । छानबिनका लागि तानिएका उनीहरु पुस अन्तिम साता फिर्ता भएका थिए । तर बाराका एसपी सिंह भने फेरि तानिएका छन् । बाराका पिपरपाती, मटिअर्वा गुल्मका गुल्मपति पनि तानिएकोमा उनीहरुलाई समेत फिर्ता पठाइएको थियो ।