बारा प्रहरीद्वारा गाजा सहित चारजना पक्राउ

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

१४ असार,बारा: बारामा प्रहरीले ठूलो परिमाणमा लागू पदार्थ गाजा सहित चारजनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक खेम प्रसाद नेपाल नेतृत्वको प्रहरी टोलीले आज बिहान साढे आठ बजे परवानीपुर गाउपालिका-५ बाट पिकअप गाडीमा लोड गरिएको दुई सय १३ किलो गाजा सहित चारजनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले प्रदेश ०३-०१-०२४ च ४६३० नम्बरको पिकअप सहित गाजा नियन्त्रणमा लिएको हो ।

धानको भुस भित्र लुकाई ल्याईरहेको बिशेष सूचनाको आधारमा गाजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी गराए ।

प्रहरीले गाजा कारोबारमा संलग्न मकवानपुर थाहा नगरपालिका-४ का रवि कार्की, वडा नम्बर-१२ का बीरबहादुर गोले,  हेटौंडा उपमहानगरपालिका-१४ का साजन मोक्तान र धादिङको धाक्रे गाउपालिका-७ का महेश तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

Leave a Comment