१७ असार,बारा: बारा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीनजनालाई आज पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट चोरीको पाँच वटा मोटरसाइकल ।समेत बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोल्हबीको टोलीले कोल्हबी नगरपालिका–१ का २१ राहुल विक, २३ वर्षीय अर्जुन
खवास र २३ वर्षीय मुस्कान चौधरीलाई पक्राउ गरेको हो ।
बाराको विभिन्न स्थानबाट चोरी भएका पाँच वटा मोटरसाइकल सहित उनिहरुलाई एकै गाँउबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ल्ल्ल
ईलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक रन्जन मिश्रको नेतृत्वमा खटिएको टोलीले चोरी भएका मोटरसाईकलहरू खोज तलास गर्दै जाँदा ५ वटा मोटरसाईकलहरूसहित उनिहरुलाई पक्राउ गरेको हो ।
उनिहरुबाट बरामद भएका मोटरसाइकलहरुमा प्र.२–०३–००६ प ६५१५ नमबरको होण्डा कम्म्पनिको साइन, ना. ४८ प ६९७० नंबरको टिभिएस ,बा. ९४ प. २१४६ नम्बरको बजाज कम्पनीको २२० सि.सि. क्षमताको निलो रङको पल्सर, ना. ६५ प. ८८६० नमबरको टिभिएस कम्पनीको रातो कालो रङको स्ट्राइकर र प्रदेश २–०३–००५ प ६२२६ नम्बरको टिभिएस कम्पनीको निलो रङकको स्ट्राइकर रहेको प्रहरीले जनाएको छ ।
Leave a Reply