६भाद्र,बारा: राजयोगिनी दादी प्रकाशमणिज्यीको १८औं पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बरियारपुर, महागढीमाई नगरपालिकाको आयोजनामा शुक्रबार भएको कार्यक्रममा १७ जना महिला सहित १०७ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि महागढीमाई नगरपालिकाका नगर प्रमुख श्री उपेन्द्र प्रसाद यादव तथा विशिष्ट अतिथि बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीज्यूको आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नगरपालिकाका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा सर्वसाधारणको समेत सक्रिय सहभागिता रहेको थियो ।
भोलि शनिबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयामा समेत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । उक्त दिन नेपाल र भारतभरका अधिकांश ब्रह्माकुमारी सेवा केन्द्रमा रक्तदान हुने सुष्मा बहनले जानकारी दिइएको छ
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह लगायत विभिन्न स्थानीय प्रतिनिधिहरूको पनि सहभागिता थियो ।


