सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ रोज्यो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेपछि लुम्बिनी लायन्सले ब्याटिङ सुरु गरेको छ।

लुम्बिनी लायन्सको एक परिवर्तन

आजको खेलका लागि लुम्बिनीले एक मात्र परिवर्तन गरेको छ। विदेशी खेलाडी जेजे स्मिथको स्थानमा टोलीले थोमस ड्राकालाई प्लेइङ–११ मा सामेल गरिएको छ।

सुदूरपश्चिम रोयल्सले भने अघिल्लो खेलमै खेलेको टोलीलाई यथावत राखेको छ।

अंकतालिकामा दुवै टिमको स्थिति

एनपीएलको अंकतालिकामा सुदूरपश्चिम रोयल्स ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ।
लुम्बिनी लायन्स भने ३ खेलमा २ अंक बटुलेर छैटौँ स्थानमा रहेको छ।

Leave a comment