आईजीपीदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी शहीद प्रहरीका परिवारलाई १० लाख सहयोग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं – ३० भदौ ।
प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका प्रहरीका परिवारलाई आर्थिक सहयोग स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
प्रहरी प्रवक्ता विनोद घिमिरेले सोमबार सार्वजनिक गरेको सूचनामा उल्लेख भएअनुसार उक्त राहत रकम प्रहरी महानिरीक्षक (आईजीपी) देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्मका प्रहरी कर्मचारीको तलब कट्टा गरेर संकलन गरिनेछ।
प्रहरी प्रधान कार्यालयका अनुसार, कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई सम्मान र सहानुभूतिको प्रतीकस्वरूप यो सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो।
यो कदमले सुरक्षाकर्मीका परिवारलाई केही हदसम्म आर्थिक राहत पुग्ने विश्वास गरिएको छ। साथै, शहीद प्रहरीप्रति संस्थागत सम्मान प्रकट हुने अपेक्षा गरिएको छ।

Leave a Comment