२२ असोज २०८२, काठमाडौं।
नेपालले मलेसियाविरुद्धको पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ को जितका साथ सम्पन्न गरेको छ। बुधबार बिहान सम्पन्न अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै शृंखला जित्न सफल भएको हो।
पहिले ब्याटिङ गरेको मलेसियाले १०४ रनको लक्ष्य दिएको थियो, जसलाई नेपालले ६ विकेट गुमाएर सहजै पूरा गर्यो। अन्तिम खेल जितेसँगै नेपालले श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक जित हात पारेको हो।
यसअघि नेपालले दोस्रो र चौथो खेलमा मलेसियालाई हराएको थियो भने पहिलो र तेस्रो खेलमा पराजित भएको थियो।
तीन जित र दुई हारको परिणामसहित नेपालले शृंखला आफ्नो नाममा लेखाएको हो।
यो जितसँगै नेपाली महिला टोलीले विदेशी मैदानमा बलियो प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा आत्मविश्वासपूर्ण पुनरागमन गरेको छ।



Leave a Reply