बारा, कात्तिक १४, २०८२ (शुक्रबार)
बारागढी गाउँपालिका–६ का वडाध्यक्ष निरज साह तेलीको बिहीबार राति निधन भएको छ।
४६ वर्षीय साहको उपचारका क्रममा वीरगन्ज नेसनल मेडिकल कलेजमा निधन भएको उनका काका तथा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले जानकारी दिएका छन्।
तेली लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए।
उनी दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने पहिलो कार्यकालमा **जनता समाजवादी पार्टी (जसपा)**बाट निर्वाचित भएका थिए।
समाजसेवी र सक्रिय राजनीतिक कार्यकर्ता रहेका वडाध्यक्ष साहको निधनले स्थानीय राजनीतिक वृत्त शोकाकुल बनेको छ।
उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।



Leave a Reply