बारा प्रहरीद्वारा ९ लाख मुल्य बराबरको समान बरामद

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 64
पढ्न लाग्ने समय : 1 मिनेट

२३ फागुन,बारा: बारामा प्रहरीले विभिन्न ठाउँबाट करिब नौ लाख मुल्य बराबरको समान बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटेको टोलीले बिश्रामपुर गाउपालिका-१बाट मे १ त ३९५८ र ना ३ त २५५४ नम्बरको ट्रयाक्टरम लोड गरिएको ६ लाख मुल्य बराबरको धान नियन्त्रणमा लिएको हो । प्रहरी चौकी कचोर्वाको टोलीले ४८ हजार बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी पथलैयाको टोलीले दुई लाख ८२ हजार मुल्य बराबरको प्याज नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो । बरामद गरिएको समानहरु आवश्यक कार्बाहीकोलागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ ।